फेसबुकमा प्राविधिक समस्या, सेवा अवरुद्ध

काठमाडौँ, ३ साउन । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएको छ। ‘साइटमा समस्या’ आएका कारण विशेषगरी वेब ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि फेसबुक सेवा अवरुद्ध (डाउन) भएको हो।

फेसबुक लगइन गर्न खोज्दा प्रयोगकर्ताहरूको स्क्रिनमा खाता अस्थायी रूपमा उपलब्ध नभएको सूचना देखा परेको थियो। फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश जारी गर्दै भनेको छ, “साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने प्रयासमा छौँ, कृपया केही मिनेटपछि फेरि कोसिस गर्नुहोला।”