बाँकेमा प्रहरीले चलायो गोली, एकजना नियन्त्रणमा

काठमाडाैं, १ मङ्सिर । बाँकेमा प्रहरीले गोली चलाएको छ। प्रहरीले फरार प्रतिवादी आकाश रानालाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जनाएको छ।

शुक्रबार बिहान पौने ११ बजेतिर जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर प्रतिवादी आकाश रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताउनुभयाे ।

पक्राउ परेका रानाकाे तिघ्रामा गोली लागेको छ। घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन्। कात्तिक ३० गते कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विककाे भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ।