राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने
काठमाडौं, २९ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सिमा तोकेको हो ।
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।
उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । उम्मेदवारलाई निर्वाचन सकिएको ३० दिनभित्र निर्वाचन आयोगमा विवरण बुझाउन समेत आयोगले आग्रह गरेका छ । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।