लेदोसहित बगेकाे ढुङ्गाले लागेर भरतपुर १७ किलोमा चालकको मृत्यु

चितवन, २८ असार । लेदोसहितको ढुङ्गा लागेर भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा बस चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का चालक ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।