प्रक्रियागत कारणले अध्यादेश रोकिएका छन्, चाँडै सदनबाट पारित गछौं: गृहमन्त्री लेखक
काठमाडौं, १६ फागुन । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) को समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनका लागि मात्र नभएको बताउनुभएकाे छ ।
नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले देश विकासका लागि स्थिर सरकार बनाइएको जिकिर गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अहिलेको समीकरण सरकार बनाउन र केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउन मात्रै बनेको होइन। हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्, र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्नतिको यात्रामा अघि बढाउन सकोस् भनेर बनाएका हौं।’
सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नका लागि अध्यादेश ल्याएको जिकिर गर्दै उहाँले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको बताउनुभयाे । ‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिला भइसकेको छ। तर, हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं,’ उहाँले भन्नुभयाे ।