गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौं, १३ जेठ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
गभर्नर पौडेलकाे नियुक्ति बदरको माग गर्दै मंगलबार दायर रिटमाथि बुधबारका लागि सुनुवाइ तोकिएको हो ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै खारेजीको मागसहित रिट दायर गरेका हुन् ।
रिट निवेदकहरूले गभर्नर नियुक्तिको सिफारिस र नियुक्ति प्रक्रिया नै गैरकानुनी भएको, नियुक्तिमा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलमा आबद्ध रहेको जिकिर गरेका छन् ।