म्यान्चेस्टर युनाइटेड बराबर, इभर्टन विजयी

लन्डन, ९ भदौ । प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई आइतबार राति फुल्हमले १–१ ले बराबरीमा रोकेको छ । यस सत्रमा म्यान्चेस्टर युनाइटेड अझै जितविहिन छ । म्यान्चेस्टर युनाइटेड पहिलो खेलमा आर्सनलसँग पराजित भएको थियो ।

खेलको ५८ औँ मिनेटमा लिने योरोको हेड बललाई जोगाउने क्रममा फुल्हमका स्ट्राइकर रोड्रिगो मुनिजले आफ्नै गोलपोस्टमा बल छिराएका थिए । खेलको ७३ औँ मिनेटमा घरेलु टिम फुल्हमका लागि इमिले स्मिथ रोवेले बराबरी गोल गरे । सो खेलमा स्ट्राइकर बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न नसक्दा पनि म्यान्चेस्टर युनाइटेड जितबाट वञ्चित भयो ।

अर्को खेलमा इभर्टनले ब्राइटनलाई २–० ले हरायो । इभर्टनले आफ्नो नयाँ रङगशालामा ब्राम्ली मुर डकमा खेलेको हो । सो खेलमा म्यान्चेस्टर सिटीबाट ऋणमा इभर्टन पुगेका ज्याक ग्रिलिसले दुवै गोलमा सहयोगीको भूमिका निर्वाह गरे । इभर्टनका लागि इलिमने एनडिए, र जोन्स गार्नरले गोल गरे ।

यसैगरी एफएक पक विजेता क्रिस्टल प्यालेलाई नटिङघम फरेस्टले १–१ ले बराबरमिा रोक्यो ।