चौथो डिभिजनको क्लब ग्रिम्स्बी टाउनसँग म्यान्चेस्टर युनाइटेड स्तब्ध

लन्डन, १२ भदौ । म्यान्चेस्टर युनाइटेड बुधबार राति इङगलिस लिग कपको दोस्रो चरणबाटै बाहिरिएको छ । चौथो डिभिजनको क्लब ग्रिम्स्बी टाउनले पेनाल्टी सुटआउटमा म्यान्चेस्टर युनाइटेडलाई १२–११ ले हरायो ।

म्यान्चेस्टर युनाइटेडका ब्रायन मेउमोले निर्णायक पेनाल्टी गोलपोस्टमा लागेर फर्केको थियो ।

यसअघि निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थयो । पूर्वार्धमा म्यान्चेस्टर युनाइटेडले चाल्र्स भर्नाम र टि. वारेनको गोलबाट दुई गोलले पछाडि परेको थियो । उत्तरार्धमा मेउमो र ह्यारी म्यागुएरको गोलबाट म्यान्चेस्टर युनाइटेड खेलमा फर्किएको थियो ।