रियल म्याड्रिड शीर्ष स्थानमा
म्याड्रिड, १९ असोज । स्पेनी लिगमा रियल म्याड्रिड शनिबार राति तेस्रो स्थानमा रहेको भियारियललाई ३–१ ले हराएको छ । यस नतिजासँगै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लन सफल भयो । रयल म्याड्रिडले दुई अङ्कले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई पछाडि पारेको हो । यद्यपि बार्सिलोनाले सेभियालाई हराएर पुनः शीर्ष स्थान कब्जा गर्न सक्नेछ ।
ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले दुई तथा किलियन एमबापेले एक गोल गरेपछि रियल म्याड्रिडले सहज जित प्राप्त गर्यो । खेलको ४७ औँ मिनेटमा भिनिसियसले गोल गरी रियल म्याड्रिडलाई अगाडि पारे । खेलको ६९ औँ मिनेटमा पेनाल्टीमा भिनिसियले गोल थपे । खेलको ८१ औँ मिनेटमा गोल गरेपछि एमबापेले पनि गोल गरे । यद्यपि उनले गोल गरेपछि गोलीगाँठोमा चोट लागेर खेल छोडेका थिए । यसैगरी भियारिलका लागि जर्ज मिकाउटाजेले गरेको गोल सान्त्वना मात्र बन्यो । उनले करीब २० गजबाट गोल गरेका हुन् ।
अन्य खेलमा गिरोनाले भ्यालेन्सिया तथा एथ्लेटिको बिल्बओलाई समान २–१ त्था तथा लेभान्टेले ओभिएडोलाई २–० ले हराए ।