फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं, २४ असोज । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पले के कति क्षति पुर्याएकाे भन्ने विवरण भने आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो ।