पहिरोले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध
काठमाडौँ, ८ असोज । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टामा पहिरो खस्दा कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।
काल्चे माल्टा दोबाटोमा पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरो खसेको स्थान भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ पर्छ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि तत्काल सवारी आवागमन प्रभावित भएको छ। सडक खुलाउन आवश्यक पहल भइरहेको जनाइएको छ।
