कवि त्रिलोचन आचार्यको महाकाव्य ‘अविश्रान्त’ को लोकार्पण, प्रा.डा. तुलसी प्रसाद भट्टराईलाई ‘व्यथित सिन्धु सम्मान’

काठमाडौँ, १ मङ्सिर। कवि त्रिलोचन आचार्यद्वारा लिखित महाकाव्य ‘अविश्रान्त’को राजधानीमा एक साहित्यिक समारोहबीच लोकार्पण सम्पन्न भएको छ।

साहित्य सदन नेपालको ३५औँ साधारणसभामा व्यथित प्रतिभा सम्मान तथा पुस्तक लोकार्पणको कार्य एकै समारोहमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे, व्यथित प्रतिभा सम्मानबाट सम्मानित व्यक्तित्व प्रा.डा. तुलसी प्रसाद भट्टराई, अथिति पूर्व मन्त्री श्री शान्ता मानवी, वरिष्ठ साहित्यकार प्रा.डा. जीवेन्द्र देव गिरी, कवि प्रा.डा. देवी नेपाल, प्रकाशक दायित्व प्रकाशनका अध्यक्ष श्री रामप्रसाद पन्त, पूर्व कार्यवाहक महालेखापरीक्षक श्री महेश्वर काफ्ले, साहित्य सदनका अध्यक्ष प्रा.डा. श्री हेमनाथ पौडेल, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्री, संस्थाका उपाध्यक्ष श्री मित्रलाल पंज्ञानी, साहित्यकार डा.कृष्ण सुवेदी एवं कृतिकार त्रिलोचन आचार्य लगायतले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गर्नुभएको थियो।

साहित्य सदनको ३५औँ साधारण सभा उद्घाटन समेत गरिएको उक्त कार्यक्रममा रु. ३०,००० राशिको व्यथित सिन्धु सम्मान वरिष्ठ कवि प्रा.डा. तुलसी प्रसाद भट्टराईलाई प्रमुख अथिति श्री रोचक घिमिरेले गर्नु भएको थियो।

कार्यक्रममा प्रा.डा. जीवेन्द्र देव गिरीले कवि केदारमान व्यथित तथा सम्मानित व्यक्तित्व तुलसी भट्टराईको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो। साथै प्रा.डा. देवी नेपालले विमोचित महाकाव्य कृति अविश्रान्तको विषयमा समीक्षात्मक टिप्पणी गर्नु भएको थियो।

उक्त समारोहमा प्रा.डा. रामप्रसाद ज्ञवाली, महाकाव्यकार श्री पुरुषोत्तम सिग्देल, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव श्री जगत् प्रसाद उपाध्याय प्रेक्षित, साहित्यकार श्री शार्दूल भट्टराई, प्राध्यापक कोषराज न्यौपाने, पूर्व मन्त्री रामेश्वर फुयाँल, प्रसिद्ध साहित्यकार नेरन्द्रराज पौडेल, गोविन्द प्रसाद घिमिरे वेदमणि, बाजुराम पाडेल लगायत कवि साहित्यकार, संस्थाका सदस्य पदाधिकारी एवं आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।