सुनको मूल्य बढ्यो, चाँदीले कायम गर्यो नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्यले भने नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर चाँदी ४ हजार ८० रुपैयाँ पुगेको छ । सुनको मूल्य पनि गत सोमबार कायम भएको हालसम्मकै उच्च विन्दु (२ लाख ६० हजार ७ सय) को नजिक पुगेको छ ।