प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न

काठमाडौँ, माघ ११ गते । नेपाल एकायन कराते संघ, स्वयभ्मू शाखाको आयोजनामा भएको प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ शनिबार सम्पन्न भएको छ ।

यस प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ ६ गरी जम्मा १० वटा तौल समूहमा प्रतियोगिताका खेल संचालन भए । महिलातर्फ ३५ के.जी. मुनि तौल समूहमा रजिसा पुन मगरले प्रथम, नायरा मल्लले द्वितीय र सन्जना तामाङ्गले तृतिय स्थान हासिल गरे । ४० के.जी. मुनि तौल समूहमा रेखा रोकाया र ४५ के.जी. मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, प्राप्त गर्न सफल भए । महिला खुल्ला तौल समूहतर्फ रेस्मिला राई र नम्रता राईले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अञ्जना तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

पुरुषतर्फ २५ के.जी मुनि तौल समूहमा दर्शन शाही प्रथम, सन्देश लुङेली मगर दोस्रो र फुर्वा तामाङ्ग तेस्रो भए । ३० के.जी मुनि तौल समूहमा हेमन्त जैसी, ४० के.जी. मुनि तौल समूहमा साईन भुजेल, पुरुष ४५ के.जी. मुनि तौल समूहमा गणेश बिष्ट, ५० के.जी. मुनि तौल समूहमा अनमोल श्रेष्ठले स्वर्ण पदक जिते । पुरुष खुल्ला तौल समूहतर्फ विवेक रोकाया र सितल सुनुवारले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे ।प्रविण आले मगरले तृतिय स्थान हात पार्न सफल भए ।

यसअघि काठमाडौं महानगरपालिका वडा नं. १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको प्रमख आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा सोही वडाका वडा सदस्यहरु लगायत नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ शंकर महर्जन, जापान गोजुरियो कराते–डो संघका अध्यक्ष विदुर कुँवर, समाजसेवी एवं भूईखेल टोल सुधार समितिका अध्यक्ष किरण राज शाही, आकार डेन्टल क्लिनिकका म्यानेजिङ्ग डाइरेक्टर जितेन्द्र श्रेष्ठ, समाजसेवी त्रिरत्न मानन्धर, निरु डंगोल तथा अन्य खेलप्रेमि एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रि सल्लाहकार शंकर महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल एकायन कराते संघ, स्वयभ्मू शाखाका शाखा प्रमुख आशिष घिमिरेले कार्यक्रमको सभापतित्व गरेका थिए । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा प्रशिक्षण केन्द्रका महिला तथा पुरुष गरी १ सय ५० खेलाडीहरुको सहभागिता रहेको थियो ।

काठमाडौं महानगरपालिकाका वडा सदस्य मैयालक्ष्मी महर्जन लगायत अन्य विशिष्ट अतिथिले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेका थिए ।