काठमाडौँमा ७ लाख १० हजार मतदाता, ३२० मतदान स्थल र ८१७ केन्द्र तय

काठमाडौँ, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशकै सबैभन्दा धेरै (१० वटा) निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौँमा ३२० मतदान स्थल र ८ सय १७ मतदान केन्द्र कायम गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँकी सूचना अधिकारी सृजना रायमाझीका अनुसार जिल्लाभर कुल ७ लाख १० हजार ७०८ मतदाता रहेका छन्। जसमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी छ। तथ्याङ्कअनुसार ३ लाख ६४ हजार महिला, ३ लाख ४६ हजार ११६ पुरुष र अन्य (तेस्रोलिङ्गी) ७ जना मतदाता रहेका छन्।

निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको अवस्था यसप्रकार छ :

क्षेत्र नं १ : २२ मतदान स्थल र ५७ मतदान केन्द्र। कुल मतदाता ४८,८४९ (महिला: २५,२५२, पुरुष: २३,२३७)।
क्षेत्र नं २ : ४० मतदान स्थल र १०० मतदान केन्द्र। कुल मतदाता ८८,७०८ (महिला: ४३,३९३, पुरुष: ४५,३१५)।
क्षेत्र नं ३ : २९ मतदान स्थल र ७२ मतदान केन्द्र। कुल मतदाता ६४,४७९ (महिला: ३२,९२३, पुरुष: ३१,५५६)।
क्षेत्र नं ४ : ३३ मतदान स्थल र ८८ मतदान केन्द्र। कुल मतदाता ७६,१४१ (महिला: ३९,५९९, पुरुष: ३६,५४२)।
क्षेत्र नं ५ : ३१ मतदान स्थल र ९० मतदान केन्द्र। कुल मतदाता ७८,११४ (महिला: ४०,८३२, पुरुष: ३७,२७८, अन्य: ४)।
क्षेत्र नं ६ : ३२ मतदान स्थल र ७९ मतदान केन्द्र। कुल मतदाता ६७,७५९ (महिला: ३४,९५६, पुरुष: ३२,८०२, अन्य: १)।
क्षेत्र नं ७ : २९ मतदान स्थल र ७८ मतदान केन्द्र। कुल मतदाता ६७,४११ (महिला: ३४,७३८, पुरुष: ३२,६७३)।
क्षेत्र नं ८ :२३ मतदान स्थल र ६५ मतदान केन्द्र। कुल मतदाता ५७,८११ (महिला: २९,८९८, पुरुष: २७,९१३)।
क्षेत्र नं ९ : ३४ मतदान स्थल र ९० मतदान केन्द्र। कुल मतदाता ७८,४९५ (महिला: ४०,२७८, पुरुष: ३८,२१७)।
क्षेत्र नं १० : ४७ मतदान स्थल र ९८ मतदान केन्द्र। कुल मतदाता ८३,३०१ (महिला: ४२,७१६, पुरुष: ४०,५८३, अन्य: २)।