काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिकाको बैठकमा चारओटा प्रस्ताव पस्तुत

 

काठमाडौं, १७ असार। काठमाडौंमा महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठक चलिरहेको छ । बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले विविधसहित चार वटा प्रस्ताव राख्नुभएको छ ।

काठमाडौं महानगरपालिका नगरसभाबाट जारी भएका ऐनहरुमा समसामयिक संशोधन तथा परिमार्जन गर्नका लागि चालु नगरसभाको १९ औँ अधिवेशनको चौथो बैठकमा प्रस्ताव पेश गर्ने निर्णय ।
त्यसैगरी प्रस्ताव नम्बर–२ मा काठमाडौं महानगरपालिका लेखा समिति कार्यसञ्चालन निर्देशिका २०८३ स्वीकृत गर्ने रहेको छ । प्रस्ताव नम्बर–३ मा काठमाडौं कर्मचारी सेवासुविधा सम्वन्धि मापदण्ड २०८३ स्वीकृत गर्ने प्रस्तावलगायत रहेका छन् ।