कलाकार लामाप्रति श्रद्धाञ्जलि अर्पण

 

न्युयोर्क । हालै निधन हुनुभएका नेपाली लोक संगीतका नक्षेत्र बरिष्ठ लोकगायक,संगीतकार, गीतकार तथा अभिनेता एवं चलचित्र निर्माता निर्देशक जयनन्द लामा (थिङ)को निधनमा यहाँ रहेका तामाङ समुदायले हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।
न्युयोर्कका समाजसेवी इन्द्र तामाङ, राधिका तामाङ, शेष घ्लान र तामाङ समाज अमेरिकाको आह्वानमा उडसाइडस्थित धर्म हाउस गुम्बामा आयोजित श्रद्धाञ्जलि सभामा लामा गुरुहरुद्वारा स्व. लामाको आत्माको चिरशान्तिको कामना गर्दै पूजापाठ र मन्त्रोचरण गरिएको थियो ।
त्यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले स्व. लामाको निधनले नेपालको लोक संगीत कला क्षेत्रलाई ठूलो क्षति भएको बताउनुभयो ।
स्व. लामाले गाउनुभएका कलकते काइँयो केश मेरो बांगो, चुई चुई चुइकने जुत्तालगायत थुप्रै गीतहरु कालजयी बनेका छन् ।