प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज हुँदै
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डकाे अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछन् ।
प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।