लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी

काठमाडौं । उद्योगमन्त्री एवं लगानीबोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्नुुपर्ने बताएका छन् । मन्त्री जोशी लाईबोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय  सरकारले गरकोे हो ।
मन्त्री जोशीको सम्मान मा लगानी बोर्र्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वर मा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै उनले उक्त धारणा राखेका हुन् । उनले लगानी बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदानबारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्नेमा जोड दिंदै बोर्डको काममा आईपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिए ।
लगानी बोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिए । सो अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पुँजीगत खर्चकमहुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानीबोर्डले अगाडि बढाएका परियोजनाको सहज कार्यान्वयन मा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।
मन्त्री जोशीलाई स्वागतगर्दै लगानीबोर्डका प्रमुखकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उहाँलाई उपाध्यक्षको रुपमा पाउँदा बोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधानमा उहाँको मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताए । उनले लगानीबोर्डले अगाडिबढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराएका थिए ।