थप उपचारका लागि राष्ट्रपति पौडेल दिल्ली प्रस्थान
काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । श्री एयरलाईन्सको विमानबाट उहाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँको अल इण्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुनेछ ।
राष्ट्रपतिले विगतमा पनि एम्स अस्पतालमा उपचार गराउने गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । नेपालको त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकहरूका बीचमा परामर्श हुँंदा उहाँलाई उपचारका लागि त्यहीँं जान उपयुक्त हुने राय आएपछि एम्स अस्पताल जानुभएको चिकित्सकहरूले बताएका छन् ।