वर्ल्ड लिंक र पब्जीबीच सम्झौता, वर्ल्ड लिंकले तीव्र गतिको इन्टरनेट दिने
काठमाडौं, १८ वैशाख । वर्ल्ड लिंक र विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइलबीच सहकार्य गर्न औपचारिक सम्झौता गरेकाे छ ।
वर्ल्ड लिंक इन्टरनेटले चर्चित मोबाइल गेम पब्जी खेल्ने नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउन उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य गर्दै पब्जी मोबाइलले नेपालकाे गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको हाे ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइल बीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ।
उनका अनुसार अब यो गेम खेल्दा गेमरले उच्च गतिको इन्टरनेट सुविधा पाउनेछन् । गेमरले अहिले पाइरहेको इन्टरनेट स्पिडलाई बढाउने गरी दुई कम्पनीले समझदारी गरेका हुन् ।
‘अब थुप्रै विशेषता एवम् सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवम् गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ, जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ सीईओ नेपालले भने, ‘यो वृहत् भविष्यतर्फको पहिलो कदम हो, जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ ।’