प्रधानमन्त्री प्रचण्डले संसदमा भारत भ्रमणका बारे प्रष्टीकरण दिने
काठमाडाैं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणका क्रममा प्रतिपक्षी दलले उठाएका प्रश्नको प्रष्टीकरण दिनुहुने भएका छन् ।
उहाँले हालै भारत भ्रमणमा क्रममा भएका कुराकानीबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको प्रष्टीकरण दिनुहुने संसद् सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गर्नुभएकाे थियाे ।
आइतबारको प्रतिनिधि र राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेकपा एमाले, रास्वपा र राप्रपाले बैठक अवराेध गरेका थिए ।