कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री दाबी गर्न आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्री दाबी गर्न दलहरुलाई आह्वान गर्नुभएकाे छ ।

प्रदेश प्रमुख खापुङले एक सूचना जारी गर्दै साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे हाे ।

उहाँले संविधानको धारा १६८ कोउपधारा (२) बमोजिमको उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न आदेश दिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *