सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस
मैत्री न्युज
२० असोज २०८३
३१ मिनेट अगाडि
काठमाडौँ, २० असोज। न्याय परिषद्को आजको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज न्यायाधीश गोकर्ण डाँगी रहनुभएको छ ।
न्याय परिषद्का प्रवक्ता रामप्यारी सुनुवारका अनुसार परिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।