प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

 

k|wfgdGqL bfxfn–cd]l/sL /fhb"t e]6 k|wfgdGqL k'iksdn bfxfn / g]kfnsf nflu cd]l/sL /fhb"t cnfOg 6]lKnhaLr ;f]daf/ k|wfgdGqL lgjf; afn'jf6f/df e]6jftf{ ub}{ . tl:a/ M k|wfgdGqL ;lrjfno, /f;;
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको छ ।
भेटवार्ताका क्रममा राजदूत टेप्लिजसले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राख्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
जवाफमा प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभएको थियो ।

साउन २४ गते ।