प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै हुन्छ – राजदूत राय, उपप्रधानमन्त्री निधि भोलि भारत जाँदै

 

;fIffTsf/ sfo{qmd g]kfnsf nflu ef/tLo /fhb"t /0flht /fo l/kf]6;{ Snadf a'waf/ cof]hgf u/]sf] ;fIffTsf/ sfo{qmddf dGtJo /fVb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रायले निकट भविष्यमै नेपाल र भारतका उच्च अधिकारीको भ्रमण आदानप्रदान हुने जानकारी गराउनुभयो ।
राजदूत रायले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताउनुभयो ।

दुबै मुलुकबीच सम्बन्ध थप प्रगाढ बनाउन र उच्चस्तरीय राजनीतिक भ्रमण तय गर्न उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारतले दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको र त्यसका लागि छिमेकी मुलुकमा शान्ति एवम् स्थिरता चाहेको बताउँदै उहाँले भारतको समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले भारतसँग नेपालको प्राचीन समयदेखि नै बहुआयामिक सम्बन्ध रहेको बताउँदै भारतले सकारात्मक सोचका साथ छिमेकमा भएका घट्नाका बारेमा राख्ने चिन्ता र चासोलाई हस्तक्षेप भन्न नहुने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले भारतसँगको नेपालको सम्बन्धलाई नयाँ परिवेशमा पुनरावलोकन गर्नुपर्ने बताउँदै दुबै मुलुकको साझेदारीमा सञ्चालन हुने परियोजना दुवैका हितमा हुनुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमालेका सांसद डा राजन भट्टराईले नेपाल र भारतबीच भएका सन्धिसम्झौता कार्यान्वयन एवम् पुनरावलोकनका लागि दुवै मुलुकका सहभागी प्रबुद्ध समूहले काम अघि बढाएको जानकारी गराउँदै दुवै मुलुकले अबको मुद्दा आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतसँगको ६० को दशकदेखिको सम्बन्धमा अवधारणात्मक परिवर्तनको आवश्यकता रहेको बताउँदै भारतसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुमा नै नेपालको हित रहेको विचार व्यक्त गर्नुभयो ।

भदौ १ गते ।