रुसले सिरियामा युद्धअपराध गरेको आरोप,रुसव्दारा अस्वीकार

maitrinews

alepo

बेलायत । ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसनले यदि रुसले अलेप्पो नजिकै सहायता सामाग्री लिएका गाडीहरुमाथि हमला गरेको हो भने रुसले युद्ध अपराध गरेको आरोप लगाउनुभएको छ ।
रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको हो कि होइन त्यो सोध्नु ठिक भएको उहाँले बताउनुभयो ।
गत सोमबार भएको आक्रमणमा १८ वटा लरी ध्वस्त भएका थिए र २० जना मारिएका थिए।
रुसले विद्रोहीको बम वा अमेरिकाका स्वचालित हतियारहरु आक्रमणका लागि जिम्मेवार रहेको भन्दै आक्रमणको जिम्मा लिन अस्वीकार गरेको छ।

जोनसनले उक्त युद्ध लम्ब्यउने र त्यसलाई अझ घिनलाग्दो बनाउने काम गरेर रुस दोषी भएको पनि टिप्पणी गर्नुभयो ।
अलेप्पोमाथि भारी बम हमला भईरहेको समयमा उहाँको उक्त टिप्पणी आएको हो।
सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्र फेरि कब्जा गर्नका आक्रमण गरेको बताएको छ।
पछिल्लो भिडन्तमा विद्रोही लडाकूले प्यालेस्टिनी शरणार्थी शिविर रहेको हण्डारत क्षेत्र फेरि कब्जा गरेको बताईएको छ।
रणनीतिक रुपमा महत्वपूर्ण उक्त क्षेत्र शनिबार सरकारी सेनाको कब्जामा थियो।

असोज १० गते ।