आमेश र नीता वीचको ब्रेकअपले चलचित्रमा असर

काठमाडौ । कुनैबेला एक अर्कोको लागि ज्यान दिन तयार बनेका नायक आमेश भण्डारी र नायिका नीता ढुंगाना वीच हाल पानी बारबारको स्थिति रहेको छ। दुवैले झ्याँली पिटाएर लाएको माया झ्याँली पिटेरै सोही मायाको बदखिलाफमा दुवै लागेका छन्।
आमेश र नीता आफूहरु वीचको त्यो एक चिहानको मायाको बारेमा कुरा गर्न नै रुचाउंदैनन्। एकले अर्कोलाई हेर्न त परैको कुरा नाम सुन्न पनि वाक्क दिक्क मान्छन्। यसो हुनुको कारण उनीहरु नै जानुन। त्यसवारेमा खासै अरुलाई छु मतलव भएतापनि चलचित्र “तँ म र उ”की निर्देशक लक्षु गौतमलाई मतलवको विषय मात्र नभइकन टनटनै टाउको दुखाईको विषय बनेको छ।
आगामी मंसीर महिनामा रिलिज हुन गैरहेको आमेश र नीताको प्रेमको प्रतिकको रुपमा मानिएको यस चलचित्र उनीहरु वीचको ब्रेकअपको मारमा परेको छ। कुनैपनि प्रचारको विषयमा यी नायक–नायिका उपस्थित भएर दुई–चार कुरा गर्न पनि रुचाउंदैनन्। निर्देशक लक्षु गौतमले फोनवाट बोलाउंदा पनि हुन्छ भन्ने अनि दुवै नआइदिने दुवैको बानीले गर्दा निर्देशक गौतम हैरान बनिसकेकी छन्। उनीहरुको लागि नै फिल्म बनाइयो र उनीहरुवाटै फिल्मको प्रमोसनमा असहयोग भएपछि कसरी काम गर्ने भनेर रन्किने गरेकी लक्षुको लागि हाल कुनै उपाय नै सुल्झिएको छैन्।
ज्यानको दुश्मन जस्तो बनेका आमेश र नीता भने यो चलचित्र सकभर नचलोस् भन्ने पक्षमा नै छन्। दुवैको एक चित्ताको प्रेम कथा बनेको चलचित्र “तँ म र उ” पीडाको चलचित्र बनेको छ। यसले गर्दा पनि दुवै यो चलचित्रवाट टाढा बस्न खोजेका छन्।
निर्देशक भने एनीहाउ उनीहरु फिल्म रिलिज हुने समयसम्ममा आफूलाई हेल्प गर्नुपर्ने भन्ने पक्षमा रहेकी छन्। यी दुई पूर्व प्रेमी तथा प्रेमिका यस फिल्मलाई मतलव गर्ने पक्षमा देखिएका छैनन्। दुई वीच माया–प्रेम बस्छ। पछि दुवैवीच ब्रेकअप भयो भन्दैमा कसैले उनीहरुलाई लाखौ लगानी गरेर फिल्म बनाइदिएको छ भने उनीहरुले त्यसको कर्जा त उतारिदिनु पर्ने हो ? खोलो त¥यो, लौरो विर्सने आमेश–नीताको व्यवहार देखिएवाट चलचित्र निर्माण पक्ष वाक्क दिक्क भएका छन्। यस विषयमा आमेश र नीता चुपचाप छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।