टर्कीमा रुसी राजदूत कार्लोभको गोली हानी हत्या

maitrinews

अन्करा । एकजना बन्दुकधारीको गोली प्रहारबाट टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको मृत्यु भएको छ ।
कालो शुट र टाईमा सजिएर आएका बन्दुकधारीले राजदूत कार्लोभमाथि गोली चलाएका थिए । उहाँको उपचारका क्रममा निधन भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार कालो सुट टाईमा सजिएर आएका युवकले फोटो एक्जिबिसनमा सहभागी भई भाषण गरिरहेका राजदूतमाथि पेस्तोलबाट गोली चलाएका थिए ।
गोली चलाउने क्रममा युवकले अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स भन्दै कराएको सुनिन्थ्यो ।सिरियामा भइरहेको गृहयुद्धमा रसियाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ । यही कारणले आइएसका विद्रोहीहरु रसियाप्रति आक्रोसित रहँदै आएका छन् ।