देश टुक्राउने पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्छः माधव नेपाल

maitrinews

काठमाडौँ । नेकपा एमाले का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश टुक्राउने पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्ने बताउनुभएको छ । समय समाज साप्ताहिक पत्रिकाको १२ औं वर्ष प्रवेश एवं सपनाको राजधानी पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले अहिले जात र धर्मका कुराहरु उठिरहेको भन्दै यस्ता संवेदनशिल पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्ने बताउनुभयो ।
देशलाई एकता बद्ध बनाएर अगाडि लैजानुपर्ने बेलामा देशलाई खण्ड–खण्ड पारेर बिखण्डनमा लैजाने दुस्साहस गर्ने खोज्नेहरुलाई जनता सामू नाङ्गेझार पार्नुपर्नेमा जोड दिनुभयो ।
संविधान कार्यान्वयनलाई संशोधनसंग बार्गेनिङ्गको विषय बनाएकोमा आपत्ति जनाउँदै नेता नेपालले संविधान संशोधनसंग यसलाई वार्गेनिङ्ग गर्ने अनि संशोधन भएमा निर्वाचनमा जाने नभएमा नजाने जस्ता कुरामा सरकार अल्झिएको बताउनुभयो ।
नेता नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा प्रधानमन्त्री गम्भिर नभएको भन्दै ठूलो प्रतिपक्ष दल एमालेलाई पन्छाएर गलत तरिकाले सरकार काम गर्न सक्रिय रहेको उल्लेख गर्नुभयो ।
भारतमा समेत जातीय कुरा उठाउन नपाउने ऐन बनेको प्रसंग कोट्याउँदै उहाँले जातीय द्धन्द्ध सृजना गर्ने र देशलाई अलग गर्ने धारणालाई अस्विकार र आलोचना गर्दै त्यस्ता कसिंगरलाई हटाउन कूचोको प्रयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले बर्षको उत्कृष्ट समाचारदाताका रुपमा कान्तिपुर दैनिकका भक्तपुर संवाददाता लीला श्रेष्ठलाई नगदसहित क्रियाशिल पत्रकार सम्मानद्वारा सम्मानित गर्नुभयो ।
कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले समयमै निर्वाचन गर्न नसके देश असफल हुने चर्चा गर्दै सरकारले निर्वाचनका कार्यक्रम छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । अर्का सांसद केदार सञ्जेलले निर्धारित मितिमा तीन वटै तहको निर्वाचन सम्पन्न गरि संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा माओवादी केन्द्रका जिल्ला संयोजक डिपि ढकाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सुर्यमणि गौतम, महासंघ भक्तपुर शाखाका अध्यक्ष अमर भुजू, पत्रकार अखण्ड भण्डारी, समय समाज साप्ताकिका सम्पादक सोम शर्मा ९बजगाईं०, सम्मानित हुने पत्रकार लीला श्रेष्ठ लगायतले भक्तपुरमा पत्रकारिता क्षेत्रको विकास विगतका तुलनामा निकै अगाडि बढेको चर्चा गर्नुभयो ।
समज समाज प्रकाशन प्रालिका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियासिल रहेका संस्थाहरु नेपाल पत्रकार महासंघ भक्तपुर, क्रियासिल पत्रकार मञ्च भक्तपुर, रफत सञ्चार क्लब भक्तपुर, पत्रकार दीपक लामिछाने, श्याम सुन्दर बस्नेत र जिल्ला विकास समिति भक्तपुर, मध्यपुर थिमि नगरपालिका, अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिकालाई कदर पत्र प्रदान गरि सम्मान गरिएको छ ।