छक्का पञ्जा निर्माण समूहले आफैमाथि छानविन गर्न उजुरी

काठमाडौं । आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ुछक्का पञ्जाु निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा निवेदन दर्ता गराएको छ। नवलपरासी स्थायी घर भई काठमाडौं सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले ुछक्का पञ्जाु पाइरेसीमा संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ुरहस्यमय सुसाइड नोटु लेख्दै आत्महत्या गरे। त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक सञ्जालदेखि कतिपय मिडियाले समाचार लेखे भने कारबाहीको माग गर्दै विद्यार्थी संगठनले समेत प्रदर्शन गरे।
सुवेदीले आत्महत्या गरेका बेला दीपक–दीपा भने सोही फिल्मको प्रदर्शनका लागि युरोप पुगेका थिए। बिहीबार स्वदेश फर्किएका उनीहरुले शनिबार आत्महत्याप्रति गहिरो शोक प्रकट गर्दै सत्यतथ्य छानबिनका लागि उजुरी दिएका हुन्।
शनिबार उजुरी दर्ता गराइरहँदा दीपकले पाइरेसीको समग्र प्रकरण र सुवेदीको आत्महत्या सम्बन्धमा आफ्नो भनाइ राखे।
।