ओके जानुमा सेक्स पास तर राजनीति फेल

काठमाडौ । बलिउडमा सन् २०१७ को जनवरीमा नै पहिला फिल्मको रुपमा रिलिज हुने तर्खरमा रहेको फिल्म ‘ओके जानू’मा सेन्सर बोर्डले कैची चलाएको छ। सेन्सरले फिल्ममा भएको चुम्बन वा ग्लामर दृश्यमा कुनै कैची चलाएको छैन्। महात्मा गान्धीसँग जोडिएको राजनीतिक दृश्यमा मात्र कैची चलाएको बलिउडका समाचार माध्यमहरुले जनाएको छ।
यस हिसाबले भन्दा ‘ओके जानू’का ’सेक्स सिन’मा पास र राजनीतिक दृश्यमा फेल खाएको छ। सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीले भने, ‘हामीले यस फिल्मका निर्मातासँग फिल्मबाट केही संवाद हटाउन भनेका छौँ र यो संवाद राष्ट्रपिता महात्मा गान्धीसँग जोडिएको थियो।’
निहलानीले भने, ‘कुनै पनि आइकन या प्रसिद्ध नामलाई गलत तरिकाबाट प्रस्तु गरेको अवस्थामा हामीले पनि आफ्नो काम गर्नु पर्ने हुन्छ। यदि तपाईं कुनै प्रसिद्ध मान्छेको नाम लिइरहनुभएको छ र त्यो गलत तरिकाले प्रस्तुत गरिएको छ भने पहिला त्यो मान्छेबाट नो अब्जेक्सन सर्टि्फिकेट लिएर आउनुस्।’ ‘ओके जानू’मा आदित्य राय कपूर र श्रद्धा कपूरको मुख्य भूमिका छ। संवाद गुलजारले लेखेका हुन् भने फिल्मको निर्देशन शाद अलिले गरेका छन्।
प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।