चपली हाइटकी विनीता बरालको नयाँ हाइट
काठमाडौ। चपली हाइटकी नायिका विनीता बराल उपन्यास जुइनोको कारण यतिखेर चर्चामा रहेकी छन्। जुइनोको अर्थ बन्धन हो। नायिकावाट एकाएक पेशा परिवर्तन गरेर कृषि पेशा अपनाएकी अर्गानिक खेतीकी यी नायिका बरालले सानैदेखि कथा पढ्न तथा बहिनीहरुलाई कथा सुनाउने रहर डायरी लेख्ने बानीले गर्दा नै उपन्यास जुइनोको लेखिका बनाएको स्वीकार गरेकी छन्।

तीन बर्षअघि टोखाको दश रोपनी जग्गामा तरकारी रोप्ने तथा गाईभैसी पाल्ने कार्य गर्ने क्रममा ती कार्यहरुको डायरीमा उतार्ने कार्य उनीवाट भएको थियो। सोही डायरीवाट उतारेका अक्षर अक्षर मिलेर किताव बन्छ जस्तो लागेपछि प्रेमकथा जोडेर जुइनो बनाएका नायिका बरालले जुइनोका सवै पात्र नुवाकोट मदानपुरवाट खोजेर राखेको बताएका छन्।


कृषि क्रान्तिको आदर्श सपना नै जुइनोको मूल विषय भएको पनि उनले भनेकी छन्। उनी भन्छिन्–“मैले अभिनय गरेको ‘चपली हाइट’ सिनेमाको मूल विषय यौन सेरोफेरोमा मात्रै भएको टिप्पणी भयो । मैले कृषि व्यवसायमा काम गर्दा धेरैले प्रोपोगान्डा ठाने । उपन्यास लेख्न खोज्दा पनि धेरैले सस्तो प्रचार खोजेको आरोप लगाइरहेछन् । तर नयाँ नयाँ काम गर्नु मेरो रुचि हो । यसलाई चर्चाको मोह भन्नेहरुसँग मलाई मतलब छैन ।”
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।