आठ बालकको उद्धार

भक्तपुर । जिल्ला कल्याण समितिले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा इँटाभट्टामा काम गर्दै आएका आठ बालकको सोमवार उद्धार गरेको छ ।

Nepal Policeचाँगुनारायण नगरपालिका–१७ झौखेलस्थित माता चिम्नी इँट्टा उद्योग र नगरकोट नगरपालिका–४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बालश्रमिकको उद्धार गरी एक गैरसरकारी संस्थाको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले जानकारी दिएका छन्।

उद्धार गरिएका बालक सल्यान,रोल्पा र दाङका छन् । तिनलाई परिवारमा पुनःमिलन तथा पुनःस्थापनाका लागि संस्थाको जिम्मा लगाइएको बताइएको छ। रासस
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।