मिस इण्डियाको रेट १० हजार पाउण्ड
काठमाडौ। सेक्स टुरिज्मको विकास दिनप्रतिदिन प्राय मुलुकमा भैरहेको पाइन्छ। कतिपय मुलुकको अर्थतन्त्र सेक्स टुरिज्मले धानिरहेको पाइन्छ। विशेषत यस टुरिज्मलाई मलजल दिने कार्य कतिपय सेलिब्रेटीहरुले गरिरहेको पाइन्छ। त्यस्ता सेलिब्रेटीले यसलाई कतिपयले लुकीछिपी नै गरिरहेको पाइन्छ।
खुला रुपमा आउन सकभर उनीहरु आउन चाहेको पाइदैन। नाम ढाँटेर या अनुहार लुकाएर देशदेशावर पुग्ने गरेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुको दावी रहेको छ। त्यस्ता सेलिब्रेटीहरुको हाइप्रोफाइलका व्यक्ति–विशेष नै क्लाइन्ट हुने गरेको छ। यस क्रममा नेपालभन्दा २२ गुणा ठूलो मुलुक भारतका कतिपय सेलिब्रेटीहरु सेक्स टुरिज्ममा लाग्ने गरेको खुलासा भएको छ। नाम बनेपनि व्यापक प्रतिस्पर्धाको कारण भारतमा सेलिब्रेटीहरुलाई टिक्न निक्कै गाह्रो छ। दह्रो दाम कमाएर टिक्ने माध्यम नै हिजोआज उनीहरुले सेक्स टुरिज्मलाई बनाउन थालेको भारतीय समाचार एजेन्सीहरुको जिकिर रहेको छ।
भारतमा मिस इण्डिया बन्नु गौरबताको प्रतिक मानिन्छ। मिस इण्डिया हुनु भनेको हाइप्रोफाइलको सेलिब्रेटी बन्नु हो। त्यसमाथि मिस इन्डियाको ताज पहिरन पाउनु आँफैमा निकै ठूलो उपलब्धी हो । अझ मिस इण्डिया हुनेहरु संसारमै परिचित हुन्छन् । धेरै मिस इन्डियाहरुले मिस वल्र्ड हुने अवसर समेत प्राप्त गरेका छन् । उनीहरुलाई विश्वले नै सम्मान गरेको पाइएको छ ।
तर, तिनै मिस इन्डियाहरु पनि टुरिज्मको नाममा सेक्स वर्करको रुपमा काम गर्दा रहेछन भन्ने सुन्दा कतिलाई विश्वास नलाग्ने गरेको पाइन्छ । लुकीछिपी जे–जस्तो कार्य भएतापनि खुलेआम बाहिर प्रकाशमा आएको घटनाले संसारलाई हल्लाएको पाइन्छ । त्यो पनि लिबियाका पूर्व शासक मुअम्मर गद्धाफीसम्मको ओछ्यान तताउने कार्य सन् १९८२ की मिस इण्डियाबाट भएको पुष्टि भएको छ। जुन समाचारले तहल्का मच्चाइरहेको छ ।
मिस इन्डियाको ताज पहिरिएर देशदेशावारमा टुरिज्मको नाममा मोहम्मद गद्धाफी लगायत सयौं हाई प्रोफाईलका ग्राहकहरुको ओछ्यान तताउने महसुर युवती हुन पामेला बड्र्स उर्फ पामेला चौधरी । पामेलाले निकै हाईप्रोफाईल सेक्स वर्करको रुपमा काम गर्दैआएको खुलासा भएको छ। एक रातको १० हजार पाउण्ड लिने गरेकी पामेला भारतको हरियाणमा जन्मेर मिस इन्डियाको ताज पहिरिएपछि इंग्ल्याण्डमा बसेर सेक्स वर्करको रुपमा कार्य गर्दैआएकी थिइन्।
को हुन त पामेला ?
पामेला बड्र्सको जन्म सन् १९६१ मा भारतको हरियाणा राज्यको रोहतक जिल्लास्थित काडियाँ गाउँमा भएको थियो । यिनको नाम बिवाह अगाडि पामेला सिंह चौधरी थियो । पामेला बड्र्स नाम बिहेपछि राखिएको हो । हिन्दू परिवारमा जन्मिएकी पामेलाका पिता सेनामा जागिरे थिए । उनको नाम मेजर महिन्दर सिंह कादियाँ थियो । उनी भारत–चीन युद्धमा मारिएका थिए ।
पिताको मृत्यु पछि पामेलाको परिवार हरियाणावाट जयपुर बसाई स¥यो । जयपुरमा प्राथमिक तहको पढाईसकेपछि पामेला नयाँ दिल्ली गईन् । त्यहाँ ग्राज्युएट गरेपछि उनले युरोपको पार्सन स्कुल अफ डिजाईनबाट प्रोफेशनल फोटोग्राफीमा डिग्री हासिल गरिन्।
पामेला बड्र्स आफ्नो पढाई पूरा गरिरहेका बेला भारतमा मिस इन्डियाको अडिशन सुरु भयो। उनले पनि आम सुन्दरीहरुले जस्तै आवेदन दिईन् । बिभिन्न चरणका छनौ पार गर्दै उनी सन् १९८२ को मिस इन्डिया हुन सफलता प्राप्त गरेकी थिइन् ।
मिस इन्डिया भएपछि पामेला मिस युनिभर्स प्रतियोगितामा सहभागी बन्न युरोप जाँदा त्यहाँ उनको भेट व्यवसायिक फोटोग्राफर हेनरी बड्र्ससँग भयो । र उनैसंग बिहे पनि भयो । पामेला त्यसपछि बड्र्स भईन् । पामेला मिस युनिभर्स हुन सकिनन् । बिहे भएको केही समयमा नै उनको श्रीमानको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो ।
श्रीमानको मृत्यु पश्चात सन् १९८८ मा पामेला बड्र्स् युरोपमा एक्ली भईन्। मिस इन्डियाका भएयता धेरैसंग परिचित भएकी पामेला श्रीमानको बियोगलाई विर्सन सेक्स वर्कर बन्न थालिन् । मिस इन्डिया र हाई प्रोफाइलको फेशन डिजाईनर भएकोले उनका ग्राहक हाई प्रोफाईलका हुनथाले । उनी चर्चित कर्ल गर्ल भइन् । उनका तस्वीरहरु पत्रपत्रिकामा व्यापक रुपमा आउन थाल्यो ।
लिबियाका पूर्व शासक मुअम्मर गद्धाफी इंग्ल्याण्ड जाँदा पामेलासंग धेरै पटक रात बिताएको खबर त्यहाँका पत्रिकाहरुले प्रकाशित गरेका थिए । चार दशक शासन गरेका गद्धाफी आफ्नै देशमा मारिए । गद्धाफीसम्मको संवन्धवाट ब्रिटेनमा निकै धेरै चर्चामा पाएपछि पामेला भारत फर्किइन् ।
अथाह पैसा बोकेर भारत आएकी उनले घर किन्नुको अलावा बिभिन्न उद्योग धन्दाहरुमा समेत लगानी गरेकी छन् । ती कंपनीको नाम पामेला नै राखिएका छन् । सन् २०१० मा भारत फर्केयता पामेला व्यवसायिक फोटोग्राफर र डिजाईनर समेत भएकाले हाल फेसन डिजाइनरकोे रुपमा भारतमा कार्यरत रहेको खुलेको छ। उमेरको हकमा ५५ बर्षको उकालोमा लागेकी पामेला जस्ता धेरै सेलिब्रेटीहरु टूरिज्म सेक्स वर्कवाट मालामाल बनेका छन्। र बन्ने क्रममा रहेका छन्।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।