सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको आदेश

लाहान । विखण्डनकारी गतिविधिमा संलग्न सीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ ।
बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताउनुभयो ।
यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाए पनि उनी छुटेका थिए ।
यो पटक भने संगठित अपराधमा मुद्दा चलाइने भएको छ । ‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु गरिने भएको छ ।
संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्दा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने बताएको छ ।