चार वर्षीया बालिकाले पढिन एक हजारवटा किताब

अमेरिकामा चार वर्षीया एक बालिकाले एक हजारबाट किताब पढेर सिध्याएकी छिन् । डालिया मेरी आरना नाम गरेकी बालिकाले अठार महिनाकी हुँदा अक्षर चिनेकी थिइन् । तीन वर्षको उमेरबाट आफैँ किताब पढ्न थालेकी उनले चार वर्षको उमेरसम्म एक हजार किताब पढिसकेकी छन् । यति सानो उमेरमा पनि उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन् । उनकी आमा मालिमा तथा बाबु मुगुयलका अनुसार डालियाले जन्मदेखि नै अरुले पढेको ध्यान दिएर हर्ने गर्थिन् । १८÷१९ महिनाकी हुँदा उनले धेरै अक्षर चिनिसकेकी थिइन् ।
डालियाको पठन क्षमतालाई कदर गर्दै विश्वको सबैभन्दा ठूलो पुस्तकालय यूएस लाइब्रेरी अफ कंग्रेसलृ एक दिनका लागि उनलाई लाइब्रेरियन बनायो । उनले एकदिनका लागि पुस्तकालयको कार्यभार सम्हालिन् । उनले पुस्ताकालय व्यवस्थापनलाई पुस्तकालयमा सेतो बोर्ड टाँस्न सुझाव दिइन् ता कि पुस्ताकालयमा आउने बालबालिकाले लेख्न सिक्न सकून् ।