प्रेम प्रस्ताव अस्वीकार गर्दा हामफालेर आत्महत्या

Chitwan Ratnagar

चितवन। प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने प्रहरीले भनेको छ।अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।