भात नखाने राजेश हमालको रहस्य

काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमालले भात नखाएको धेरै बर्ष भैसकेको छ। हमालले भातको अलावा रोटी पनि खान छाडे्को धेरै भैसकेको छ। भात र रोटी दुवै नखानुको पछाडि अरु केही कारण नभइकन यी दुवै खानामा कार्बोहाइड्रेटको मात्रा धेरै हुने भएकोले भूँडी बढ्ने हुन्छ।
भूँडी बढ्ला भन्ने डरले नै नायक हमालले भात र रोटी खान छाडे्का हुन्। विगत २५ बर्षदेखि नेपाली चलचित्रमा एक छत्र राज चलाउंदै आएका हमालले भात तथा रोटीको सट्टामा सागसब्जी, पहेलो झिकेको अण्डा, दाल तथा माछाका परिकार खाने गरेका छन्। स्वास्थ्यका लागि अत्यन्त सजक र सचेतना अपनाउंदै आएका हमालले यदाकदा भात खाने गरेतापनि दुई–चार चम्चा भन्दा बढी खाँदैनन्।
विहान उठ्ने वितिक्कै हल्का एक्सरसाइज गरेपछि आयुर्वेदिक तितो महको साथमा हट लेमन खाने बानी गरेका हमालले पानी पनि मिनरल वाटर वाहेक अरु पानी खाँदैनन्। शुटिङ्गमा पनि घरैमा बनेका खाना लाने हमालको पुरानै बानीले हालसम्म पनि निरन्तरता पाएको छ।
पहिलो चलचित्र युग देखि युगसम्म नखेल्दासम्म पान–सुपारी, चुरोट–रक्सी सवै खाने बानी भएका हमालले त्यसपछि भने यी सवै पदार्थ खान छाडे्का हुन्। त्यसैले त ५५ बर्षे जवान उमेरमा पनि हमाल तन्दुरुस्त देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।