मुम्बईमा शाहरुख खानको २५ वर्ष : मुम्बईले मलाई जीवन दियो

 

मुम्बई । बालिउडका सुपरस्टार शाहरुख खानले मुम्बईमा आफ्नो २५ बर्ष पूरा गरेका छन् । सो अवसरमा शाहरुखले मुम्बई शहरले मलाई जीवन दियो लेखेका छन् । किंग खानले ट्विटरमा मुंबईमा २५ बर्ष पूरा , यसले मलाई जिन्दगी दिएको छ । आरसी प्रडक्शन ब्यानर रेड चिलीज एन्टरटेनमेंट वीएफएक्सको नयाँ अफिसको उदघाटन अवसरमा पहिलो पटक मैले ठिक गरेको मलाई महसूस भयो लेखेका छन् ।

दिल्ली घर भएका ५१ बर्षिय शाहरुख खानले सन् १९८०मा चलचित्र फौजीबाट करियर सुरुवात गरेका हुन् । उनले १९९२ मा दीवानाबाट बलिउड इन्डस्ट्रीमा कदम रखेका थिए ।

त्यसपछि उनले बाजीगरबाट दर्शकको मन जित्न सफल भए । उनले दिलवाले दुल्हिनया ले जाएंगे, कुछ कुछ होता हे, यस बोस,देवदास, कल हो ना हो,चक दे इन्डिया,चेन्नई एक्सप्रेस र डियर जिंदगी जस्ता सफल चलचित्र बलिउडलाई दिएका छन् ।