नेपालमा लगानी गर्न आव्हान

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको क्रममा भारतीय सरकारको परराष्ट्र मन्त्रालय, भारतीय उद्योग परिसंघ (सीआईआई), भारतीय उद्योग वाणिज्य महासंघ (फिकी) र व्यवसायिक संस्था एसोचेमद्धारा राष्ट्रपति भण्डारीको सम्मानमा नया“ दिल्लीमा आयोजना गरिएको विशेष कार्यक्रम सीइओज मिटिङलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संबोधन गरेकी छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण टोलीमा रहेका सदस्यहरु, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, भारतीय सरकारका उच्च पदस्थ अधिकारीहरु र दुवै देशका उद्यमी व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै अध्यक्ष राणाले नेपालमा आएर निर्धक्क लगानी गर्न भारतीय उद्यमी व्यवसायीहरुलाई आव्हन गरे ।
नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न वार्षिक साधारण सभाबाट महासंघमा अध्यक्ष सहित नया“ टीम आएको जानकारी अध्यक्ष राणाले गराइन् । नेपालको आर्थिक व्यवसायिक विकासमा सहयोग गर्न समकक्षी संस्थाहरु सीआईआई र फिकीलाई अनुरोध समेत गर्नुहु“दै अध्यक्ष राणाले महासंघका तर्फबाट आगामी दिनमा सहकार्यका लागि प्रस्ताव समेत राखिन् ।
आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले यो ठाउँमा आएर बोल्ने अवसर दिनु भएकोमा आयोजक सीआईआई, फिकी र एशोचेमलाई धन्यवाद दिइन् । भारत नेपालको एक असल छिमेकी मात्र नभै नेपालको प्रमुख आर्थिक तथा विकास साझेदार पनि भएको उल्लेख गर्दै उनले मित्रराष्ट्र« भारतका निजी क्षेत्रका उद्यमी व्यवसायीहरु जसले नेपालको आर्थिक समृद्धिका लागि खासगरी नेपालले सन् १९९० मा अवलम्वन गरेको आर्थिक उदारीकरणको नीति पछि नेपालको औद्योगिक विकास, रोजगारी सृजना र गरिवी निवारणमा पु¥याएको सहयोगको नेपाली निजी क्ष्ँेत्रले प्रशंसा गर्ने वताइन् ।

महासंघ र भारतीय उद्योग महासंघ (सीआईआई) दुवै संस्थाले सन् १९९६ मा नेपाल भारत व्यापार सन्धि सम्पन्न गर्न खेलेको भूमिका आपसी आर्थिक सम्बन्धको कोशेढुंगा भएको बताउँदै अध्यक्ष राणाले सोही सन्धि नै आर्थिक सम्वन्ध विस्तारको एक महत्वपूर्ण आधार बन्नुको साथै आपसी आर्थिक सम्बन्धलाई नया“ उचाईमा पु¥याएको दावी समेत गरिन् । आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले बदलिंदो परिस्थितिमा हामी दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु पुनः एकपटक यस्तै महत्वपूर्ण सहमतिका साथ हाम्रा विकासका चाहनालाई पूरा गर्न सहकार्य गर्न आग्रह समेत गरिन । अध्यक्ष्ँ राणाले नेपालमा कार्यरत अधिकांश भारतीय उद्योग प्रतिष्ठानहरुले राम्रो नाफा कमाइरहेका र अति कठिनतम समयमा पनि व्यवसाय राम्रो गर्न सफल भएको उदाहरण प्रस्तुत गदै नेपालको अर्थतन्त्रका लागि ती प्रतिष्ठानहरु एक असल प्रतिनिधि बनेकोमा प्रशंसा समेत गरिन् । नेपालको आर्थिक विकासका लागि भारतीय लगानी तथा प्रविधि महत्वपूर्ण भएको भन्दै अध्यक्ष्ँ राणाले नेपाल सरकार मुलुकभित्र सवै प्रकारको लगानीको वातावरण बनाउन प्रतिवद्ध रहेको जानकारी समेत गराइन् ।

बैशाख ६ गते ।