माओवादीव्दारा एमाले कार्यकर्ता शारदा तामाङमाथि गोली प्रहार
काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्न एमालेमाथि आक्रमणमा उत्रेका छन् ।
देशभर एमालेको पक्षमा जनलहर आएपछि अन्तिम अस्त्रका रुपमा मतदातालाई तर्साउन एमालेबिरुद्ध सत्तारुढ गठबन्धन संयुक्त प्रतिकारमा देखिएको हो । दोलखा र नवलपरासीपछि भोजपुरमा माओवादी कार्यकर्ताले एमालेकी कार्यकर्ता तामाङमाथि आक्रमण गर्यो ।
माओवादी कार्यकर्ताले बिहिबार साँझ भोजपुर नगरपालिका–१ हेलौछामा एमाले कार्यकर्ता ३४ वर्षीया तामाङमाथि गोली प्रहार गरेका हुन् । घर नजिकै हिडिरहेको अवस्थामा माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेलले गोली हानेका थिए । तामाङ एमालेको महिला संगठन अनेमसंघ नगर कमिटीकी सचिव हुन् ।
गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए । एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भत्र्सना गरेको छ । एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
वैशाख २९ गते ।