भ्रष्टाचारको आरोपमा पक्राउ शर्मा विशेष अदालतमा

 

काठमाडौं । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलिम्बित महानिर्देशक चुडामणि शर्मालाई म्याद थपको लागि विशेष अदालत लगिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको हो ।

अदालत परिसरमा सुरक्षा घेरा भित्रै बाट विभागका महानिर्देशक शर्माले आफुले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफुमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए ।
कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
जेठ २१ गते ।