निकिता मगर बनिन् मिस लियो

काठमाडौँ । ‘मिस लियो’को उपाधि निकिता मगरले जितेकी छन् । पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा ११ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो पटक आयोजित सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् ।
उनले शिर्ष उपाधिसँगै ‘मिस डिसिप्लिन र मिस पर्सनालिटी’ पनि जितिन् । यस्तै, फस्ट रनरअपको उपाधि भने शैलताज कुँवरको पोल्टामा गयो । रविना खर्वुजाले सेकेन्ड रनरअपको उपाधि जितिन् ।
त्यसैगरी,बेस्ट ड्रेसमा रोसनी क्षेत्री, ब्युटी विथ प्रपोजमा रविना खर्वुजा, फोटोजेनिकमा लक्ष्मी रेग्मी, ट्यालेन्टमा प्रकृति ढकाल, बेस्ट स्माइलमा रोनिया श्रेष्ठ, बेस्ट वाकमा रविना खर्वुजा, पब्लिक च्वाइसमा प्रकृति ढकाल, पपुलरमा निशा थापा मगर, फ्रेन्डसिपमा संगीता चापागाईं र ब्रान्ड एम्वेसडरको उपाधि रवीना थापाकाजीले हात पारिन् ।
विजेता निकिताले उपाधिसँगै पुरस्कार स्वरुप स्कटुर पनि प्राप्त गरेकी छिन् । ‘लियो क्लब अफ काठमाण्डौ, डाउन टाउन र लियो क्लब अफ पोखरा पिस भ्याली’ले यो कार्यक्रम आयोजना गरेको हो ।