अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा

 

काठमाडौं । अभिनेत्री निशा अधिकारी आज विवाह बन्धनमा बाँधिएकी छिन् ।उनले क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो कँसेकी हुन् । दरवार मार्गस्थित होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनको विवाह कार्यक्रम सम्पन्न भएको छ ।

उनले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गरे । उनको विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति थियो।