भारतीय चर्चित गायक कुमार सानुद्वारा चन्द्रागिरि केबलकारको भ्रमण
काठमाडौँ । भारतका चर्चित गायक कुमार सानुले चन्द्रागिरिको भ्रमण गर्नुभएको छ । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गर्नुभयो । कन्र्सटका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
सानुले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।