८८ किलो सुन प्रकरणमा तामाङ पक्राउ

maitrinews

काठमाडौँ । प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामत घटनामा तामाङको संलग्नता खुलेपछि उनलार्इ पक्रेको हो।
महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले केरुङबाट काठमाणडौसम्म सुन ल्याउन तामाङले मध्यस्तकर्ताको भूमीका खेलेको देखिएपछि अनुसन्धानकालागि पक्राउ गरिएको बताए।