देशभरमा तीन सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव

काठमाडौँ । गत वर्ष बढुवामा परेका करिब ८० जना विशेषज्ञ चिकित्सकहरू देशभरका सरकारी अस्पतालहरूमा खटिने समय आएको भए पनि देशभरका सरकारी अस्पतालहरूमा तीन सय भन्दी बढी विशेषज्ञ चिकित्सकको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कार्यरत चिकित्सकहरू पनि लामो विदामा बस्ने गरेका छन् सरकारी अस्पतालहरूमा सेवा खस्किँदै गएको अस्पतालका समितिहरूले बताएका छन्।

आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको ५० शैयाको इलाम जिल्ला अस्पतालमा अहिले स्त्रीरोग, बालरोग र दन्तरोग विशेषज्ञ मात्र कार्यरत छन्।

त्यस्तै झापा भद्रपुरको मेची अञ्चल अस्पतालमा २२ जनाको विशेषज्ञ चिकित्सकको दरवन्दी रहे पनि अहिले १० जना मात्र कार्यरत छन्।