डा. केसीद्वारा १५ औं अनशन सुरु

maitrinews


काठमाडौँ । सरकारले चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमा व्यापक फेरबदल गर्ने निर्णय गरेको भोलिपल्ट डाक्टर गोविन्द केसीले आफ्नो अनशन सुरु गरेका छन्।

आफ्नो १५औं अनसन जुम्लामा सुरु गरेका केसीले चिकित्सा शिक्षा अध्यादेशका प्रावधान नफेरी विधेयक ल्याउनुपर्ने लगायतका माग राखेका छन्।

काठमाण्डू उपत्यकामा अबको १० वर्ष मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने लगायतका प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा। गोविन्द केसीलाई प्रहरीले नजिकैको कभर्ड हलमा पुर्‍याएको हाम्रो जुम्लास्थित संवाददाता कृष्णमाया उपाध्यायले बताएकी छन्।

प्रहरीले निषेधित क्षेत्रमा अनशन बसेकाले डा। केसीलाई कभर्ड हलमा छोडिएको तर आफ्नो नियन्त्रणमा नराखिएको दाबी गरेको छ।

तर डा। केसीले चाहिँ प्रहरीले उसले चाहेको ठाउँमा भएकोले आफू प्रहरी नियन्त्रणमै भएको सञ्चारकर्मीहरूलाई बताएका छन्।