न्युयोर्कमा पुराना कलाकारको सम्मान साँझ
न्युयोर्क । नेपाली अमेरिकी कलाकार संघ न्युयोर्कले पुराना श्रष्टा कलाकार सम्झना सम्मान साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । अमेरिकामा पहिलो पटक यसरी पुराना पुस्ताका श्रष्टा कलाकारहरुको सम्मानमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यस्तो कार्यक्रम आयोजना गरिएकोमा प्रसन्नता व्यक्त गर्दै दर्शकहरुले आयोजकलाई धन्यवाद दिएका छन् ।
यस्तो कार्यक्रमलाई अब प्रत्येक वर्ष निरन्तरता दिइने संघका उपाध्यक्ष विमल डाँगीले जानकारी दिनुभयो । कार्यक्रममा तीन जना कलाकारहरु शिशिर श्रेष्ठ, गोमा योन्जन गुरुङ र ग्याल्जेन शेर्पालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।
कार्यक्रमको संगीतमा कलाकारहरु शिशिर श्रेष्ठ, न्हुच्छेनारायण डंगोल, डेविड ढकाल , राम श्रेष्ठ अमृत रामदास र राम सिंहले साथ दिनु भएको थियो ।
कार्यक्रमको सुरुमा पुराना श्रष्टा कलाकारहरुको जीवन प्रस्तुत गरिएको थियो । नविन सेरचनको प्रमुख आतिथ्य तथा कृशु क्षेत्रीको आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व नेपाली अमेरिकी कलाकार संघका अध्यक्ष सुमन बुढामगरले गर्नुभएको थियो । शेर्पा गुम्वामा भएको सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शैलेश श्रेष्ठले गर्नुभएको थियो भने संघका उपाध्यक्ष निशा सुनारले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रममा मेलवादेवीको सवारी मेरो रेलैमा बोलको गीत सपनाश्रीले, मित्रसेनको मलाई खुत्रुक्कै पार्यो जेठान बोलको गीत विमल डाँगीले, नातिकाजीको नेपाली हामी रहौँला कहाँ बोलको गीत तुलसीराम न्यौपानेले, नारायण गोपालको तिम्रोजस्तो मुटु बोलको गीत रोशन गुरुङले, अरुणा लामाको उडिजाउँ भने म पक्षी होइन बोलको गीत संगीता मुखियाले, नारायण गोपालको पर्खी बसेँ बोलको गीत रुविन शर्माले गाउनु भएको थियो ।
त्यसैगरी, तारादेवीको फूलको थुँगा बोलको गीत पविता परियारले, अरुणा लामाको चौतारीमा बसेर बोलको गीत रेस्मा सुनुवारले , अरुण थापाको क्रृतुहरुमा तिमी बोलको गीत सानु शेर्पाले, अरुणा लामाको हे कान्छा मलाइ सुनको बोलको गीत रोशन गरुङ र पुजा न्यौपानेले, प्रविण गुरुङको यो दाजुको मिर्मिरे आँखा बोलको गीत निशा सुनार र विमल डाँगीले, नारायण गोपालको हे कान्छा ठट्टैमा बोलको गीत वसन्ती राई र अभिषेकले, तारादेवीको साँगुरी बारिनी बोलको गीत सरिता डाँगीले, अमर गुरुङको नौलाख तारा उदाय बोलको गीत अभय ढुंगेलले, तारादेवीको टाढाबाट बोलाएको बोलको गीत सलिना श्रेष्ठले, अरुणा लामाको जति माया लाए पनि बोलको गीत प्रेम सेन्चुरीले, पन्नाकाजीको तिरिरी मुरली बज्यो बोलको गीत पविता परियारले, नारायणगोपालको मेरो गीत मेरै प्रतिबिम्ब बोलको गीत राजेन्द्र राईले, फत्तेमान राजभण्डारीको यस्तो पनि हुँदो रैछ बोलको गीत सपनाश्रीले, शिवशंकर मानन्धरको मान्छेको माया यहाँ बोलको गीत संगीता मुखिया र राम श्रेष्ठले, लोकबहादुर क्षेत्रीको आमा रुँदै गाउँबेसी बोलको गीत भगवान भण्डारीले, धर्मराज थापाको हो हो माले हो हो बोलको गीत विमल डाँगीले, राम थापाको कट्टर कट्टरमा बोलको गीत रेस्मा सुनुवार र राजु ढुंगेलले, झलकमान गन्धर्वको बालोजोवन खेलेरै गयो बोलको गीत लक्ष्मण पौडेलले, द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठको रेसम फिरिरी बोलको गीतको तिलकबम मल्लले , गोपाल योञ्जनको च्याँङ्वा ओइ च्याँङ्वा बोलको गीत आङगेलु शेर्पा र गोमा योन्जनले , लोकबहादुर क्षेत्रीको छमछम नाचिदेउ बोलको गीत उदय भट्टराई र सरीता डाँगीले ,कल्याण श्रेष्ठको सोह्रै वर्षे उमेरैमा बोलको गीत राजेश थापा र सुमन बुढाले गाउनु भएको थियो ।